गृहपृष्ठ ∕ समाचार ∕ विमानस्थलले किन रोक्यो नेपाल एयरलाइन्सको दिल्ली उडान ? विमानस्थलले किन रोक्यो नेपाल एयरलाइन्सको दिल्ली उडान ? दीप संञ्चार कात्तिक १३, २०७९ गते १९:५३ मा प्रकाशित आइतबार दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको वाइडबडीको आरए–२१७ जहाज भारतको नयाँ दिल्लीका लागि उड्ने तरखरमा थियो । धमाधम ‘बोर्डिङ’ पास भइरहेको थियो । ७३ जना यात्रु बोर्डिङ पास लिइ सुरक्षा जाँचमा गइसकेका थिए ।तर, विमानस्थलका कर्मचारी आएर ‘बोर्डिङ’ पास रोक्न भनेसी चेक-इन काउन्टरले तत्काल बोर्डिङ पास रोक्यो । एयरलाइन्सका कर्मचारीले बोर्डिङ पास भएका र हुन बाँकी रहेकालाई केहि समय रोक्न आग्रह गर्यो । सो उडानमा २५४ जना दिल्ली जाँदै थिए । तर, केहि समयपछि एयरलाइन्सका कर्मचारीले यात्रुहरुलाई उडान रोकिएको जानकारी दिए ।बोर्डिङ पास लिइसकेका यात्रुले विमानस्थलमा केहीबेर नाराबाजीसमेत गरेका थिए । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको उडान कटौती गरेकाले उडान रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।नागरिक उड्डयन प्राधिकरणले जाडो समय अर्थात् अक्टोबर ३० देखि मार्च २७ सम्मका लागि स्वीकृत गर्ने अन्तर्राष्ट्रिय उडानहरूको तालिकामा निगमको आइतवार र शुक्रवार दिउँसो पौने २ बजे दिल्लीका लागि काठमाण्डौबाट हुने उडान कटौती गरेको छ । उडान तालिका भएको दिनमात्र उडान हुनुपर्ने ठाकुरले बताए ।हाल नेपाल वायुसेवा निगमले काठमाडौं–नयाँ दिल्ली दैनिक दुई उडान गर्दै आइरहेको छ। सातामा १४ उडान गरिरहेको निगमका हाल प्राधिकरणले चार वटा उडान कटौती गरिदिएको छ।जनतापाटीक्याटेगोरी : समाचारट्याग : #breaking, #नेपाल एयरलाइन्स तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला