Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सेनाका अमल्दार पक्राउ

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सेनाका अमल्दार पक्राउ


१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सेनाका अमल्दारलाई पक्राउ गरेको  छ । बागलुङ गल्कोट–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर राना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत शनिबार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रानालाई पक्राउ गरेको हो । किशोरीलाई बलात्कार गरेको खुलासा भएपछि रानालाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए ।

आरोपितविरुद्ध सोमबार जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए


क्याटेगोरी : समाचार
ट्याग : #Breakig, #बलात्कार

तपाईको प्रतिक्रिया दिनुहोस