गृहपृष्ठ ∕ समाचार ∕ मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन दीप संञ्चार भदौ २३, २०७९ गते १८:०७ मा प्रकाशित वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ ।मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो ।मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो ।सो मुद्दामा इपो उच्च अदालतले सन् २०२० अगष्टमा उनलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय सुनाएको थियो ।त्यसपछि तेली फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा पुनरावेदनमा गएका थिए । पुत्रजयस्थित पुनरावेदन अदालतले आज तेलीको कसूरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गरी बाह्र वर्ष जेल सजाय कायम गरेको नेपाली दूतावासले जनाएको छ ।‘सोही बमोजिम सुरज देव साह तेली बाँकी सजाय सकिएपश्चात नेपाल फर्कनुहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप