गृहपृष्ठ ∕ राजनीति ∕ दोस्रोपटक राष्ट्रपतिकहाँ पुग्यो नागरिकता विधेयक, अब फिर्ता गर्न नमिल्ने दोस्रोपटक राष्ट्रपतिकहाँ पुग्यो नागरिकता विधेयक, अब फिर्ता गर्न नमिल्ने दीप संञ्चार भदौ २१, २०७९ गते ७:०२ मा प्रकाशित नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको विधेयक जस्ताको तस्तै पारित गरेर सभामुख अग्नि सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमै पठाएका हुन् ।राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने सन्देशसहित साउन २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन्। उक्त विधेयक प्रतिनिधिसभाले पुनः हुबहु पारित गरेपछि राष्ट्रियसभामा पुग्यो । राष्ट्रियसभाले विधायन समितिमा छलफलका लागि पठाए पनि पर्याप्त छलफल नै हुन नपाई भदौ १७ गते सो विधेयक जस्ताको तस्तै पुनः पारित भयो ।राष्ट्रपतिबाट फिर्ता भएको विधेयक संघीय संसदबाट प्रस्तुत रूपमा (जस्ताको तस्तै) वा संशोधन सहित पारित गर्नसक्छ । पुनर्विचार गर्नैपर्छ भन्ने बाध्यकारी छैन । संघीय संसद्बाट दोस्रोपटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #नागरिकता विधेयक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुउपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने