गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेश समन्वय परिषद कतारबाट ५ जिल्ला संस्थाले तोडे सम्वन्ध बागमती प्रदेश समन्वय परिषद कतारबाट ५ जिल्ला संस्थाले तोडे सम्वन्ध दीप संञ्चार भदौ १९, २०७९ गते १८:३८ मा प्रकाशित दोहा- गत २ सेप्टेम्बरमा सम्पन्न भएको बागमती प्रदेश समन्वय परिसदको अधिवेशनप्रति गम्भीर असहमती जनाउँदै ५ जिल्ला संस्थाले सम्बन्ध तोडेको घोषणा गरेका छन्।उक्त प्रदेश समन्वय परिषदमा सामेल ७ वटा जिल्लामध्ये ५ जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेर घोषणा गरेका हुन्। पाँच जिल्ला रामेछाप सेवा समाज, दोलखा सेवा समाज, सिन्धुलि सेवा समाज, काभ्रेपलान्चोक सेवा समाज, र नुवाकोट सेवा समाजद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ,“बागमती प्रदेश समन्वय परिषदमा सक्रिय रहेका सात वटा जिल्ला संस्थाका अध्यक्ष, विभिन्न अग्रज तथा समाजसेवी, बुद्धिजीवी, परिषदका कार्यसमिति एवं सल्लाहकारहरुको उपस्थितमा बसेको विशेष वैठक मार्फत भएको सर्वसम्मत निर्णय विपरीत अध्यक्ष लगायत अन्य कार्यसमिति घोषणा भएको बिषयमा हामी जिल्ला संस्थाहरूको गम्भीर आपत्ति रहेकोछ। ” विज्ञप्तिमा बाग्मती प्रदेश समन्वय परिषद कतारसँग जिल्ला संस्थाहरुको आगामी दिनहरुमा समन्वय, सहभागिता र कुनै प्रकारको सम्बन्ध नरहने जनाइएको छ। संयुक्त विज्ञप्ति मार्फत भनिएको छ “हामी जिल्ला संस्थाहरूको तर्फबाट कार्यसमितिमा सिफ़ारिश गरिएका पदाधिकारी तथा सदस्यहरूलाई आजकै मितीबाट लागु हुनेगरि फिर्ता बोलाउने निर्णय गरिएको छ। ”अधिवेशनको पूर्वसन्ध्यामा गत २६ अगस्त बागमती प्रादेशिक अन्तर्गत जिल्ला संस्था तथा सम्वन्धित प्रदेशका बुद्दिजिवीहरुको बैठकले अध्यक्षका प्रत्यासी रहेका कट्टेललाई सर्वसम्मत अध्यक्ष बनाउने लिखित निर्णय गरेको थियो, जसमा अध्यक्षका अर्का प्रत्यासी राज देवकोटाले समेत सहमतिमा हस्ताक्षर गरेका थिए। “हामीले २६ अगस्त कै सहमति अनुसार अधिवेशन संचालन गर्ने तयारी गरेका थियौं, अध्यक्षका प्रत्यासी राज देवकोटाले बन्दसत्रमा आएर पून: अध्यक्षमा दावी रहेको जनाए” बन्द सत्र अध्यक्ष मण्डलका संयोजक सागर नेपालले बताए। बन्द सत्रमा लामो रस्साकस्सी पछि कट्टेलले विवादका विच आफु अध्यक्ष नबन्ने र बनी हालेपनि काम गर्न नदिने भन्दै आफ्नो सहज दावीबाट पछि हटेको जानकारी दिएपछि राज देवकोटालाई बन्द सत्रले अध्यक्ष घोषणा गरेको संयोजक नेपालले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking, #बागमती प्रदेश समन्वय परिषद कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति