गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ विवाह र फिल्मको सकसमा सौगात विवाह र फिल्मको सकसमा सौगात दीप संञ्चार साउन २४, २०७९ गते १९:०२ मा प्रकाशित अभिनेता सौगात मल्लको पछिल्लो समय व्यस्तता चुलिएको छ ।त्यसैले आउँदो वैशाखसम्मका नयाँ फिल्म साइन नगर्ने मुडमा छन् उनी । भदौ, असोज र कात्र्तिक यी तीन महिना फिल्मलाई दिएर त्यसपछि प्रेमिका सृष्टि श्रेष्ठसँग लगन गाँठो कस्ने सोच उनको छ ।साउन लागे देखिनै उनी फिल्मको प्रमोसनमा ब्यस्त छन् । भदौ महिनामा मात्रै उनका दुई फिल्म प्रदर्शनमा आउँदैछ । फिल्म हुन् ‘द सिक्रेट्स अफ राधा’ तथा ‘माइकल अधिकारी’ । यो मध्य एक फिल्म ‘द सिक्रेट्स अफ राधा’ का उनी निर्माता समेत हुन् । दुवैका लागि उनले जसोतसो समय मिलाउँदै आएका छन् ।भदौको उनको व्यस्तता कात्र्तिकमा पनि देखिने भएको छ । यो महिनाको अन्त्यमा प्रदर्शनमा आउने भनिएको फिल्म ‘लाखे’ कार्तिक मै लागि सरेको छ । कात्र्तिक मै उनी अभिनित अर्को फिल्म ‘दुई नम्बरी’ले पनि प्रदर्शन मिति तय गरेको छ । यसको प्रमोसनको लागि पनि उनले प्रशस्तै समय छुट्याउनु पर्नेछ ।कात्र्तिकसम्म फिल्मको कामले ब्यस्त रहदा मंसिरमा हुन लागेको विवाहका लागि कसरी समय मिलाउने सौगातलाई यो सकसको बिषय भने पक्कै हो । यो सकसमा पनि उनलाई सृष्टिको साथ छ । किनभने उनको अहिले प्रदर्शनमा आउन लागेको फिल्म मध्य दुईमा सृष्टिको पनि अभिनय छ ।लामो समययता चलेको प्रेम सम्बन्धलाई मंसिरमा विवाहमा परिणत गर्ने भनेर उनीहरुले पटक पटक भनिसकेका छन् । उनी र सृष्टि लामो सयदेखि लिभिङ टुगेदरमा रहेको बाहिर नलुकेको बिषय हो । पारिवारिक सहमतिमा उनीहरुले यो मंसिरमा विवाह गर्ने निर्णय गरेका हुन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #सौगात मल्ल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै