गृहपृष्ठ ∕ समाचार ∕ म्याग्दीमा पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु म्याग्दीमा पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु दीप संञ्चार साउन १७, २०७९ गते १९:१६ मा प्रकाशित म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय घाम बहादुर विक, उनकै श्रीमती ३४ वर्षीया राममाया विक, उनकै छोराहरू १८ वर्षीय नविन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् ।उक्त स्थानमा पहिरो आई दुई वटा घरहरु बगाएको थियो ।इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो ।पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी विकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ ।तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #पहिरो तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप