गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रेजेन्टर्स एसोसिएसनका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच भएको भेटवार्तामा संस्थासँग सहकार्य गर्ने प्रतिवद्धता प्रेजेन्टर्स एसोसिएसनका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच भएको भेटवार्तामा संस्थासँग सहकार्य गर्ने प्रतिवद्धता दीप संञ्चार साउन ११, २०७९ गते ११:३१ मा प्रकाशित प्रेजेन्टर्स एसोसिएसन अफ नेपाल (पान)का पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।संस्थाका अध्यक्ष विवेक खतिवडाको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको टोलीले कार्यक्रम प्रस्तोता तथा उद्घोषकहरुको संस्थासँग सहकार्य गर्ने विषयमा छलफल गरेको खतिवडाले जानकारी दिए।भेटका क्रममा प्रधानमन्त्री देउवाले संस्थाको लक्ष्य र उद्देश्यप्रति सकारात्मक रहेको बताउँदै आगामी दिनमा सरकारले गर्ने कार्यक्रमसँगै अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रम उद्घोषकको पेशालाई पेशा नगन्ने अनि न्यून पारिश्रमिकमा कार्यक्रम गराउने, कार्यक्रम गराएपछि पारिश्रमिक नदिनेजस्ता समस्याहरुको समाधानका लागि संस्था स्थापना गरिएको अध्यक्ष खतिवडाले जानकारी गराएका छन्।प्रधानमन्त्री देउवासँग भेट्न अध्यक्ष खतिवडासँगै पानकी वरिष्ठ उपाध्यक्ष माल्भिका सुब्बा, महासचिव जिपी तिमल्सिना, कोषाध्यक्ष निर्णय श्रेष्ठ,ि सदस्य खुश्बु प्रधानलगायत सहभागी थिए।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #शेरबहादुर देउवा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल