गृहपृष्ठ ∕ समाचार ∕ निर्मला पन्त हत्या प्रकरणको ४ वर्ष : संसदमा खोजियो ‘हत्यारा’ ! निर्मला पन्त हत्या प्रकरणको ४ वर्ष : संसदमा खोजियो ‘हत्यारा’ ! दीप संञ्चार साउन १०, २०७९ गते १७:१६ मा प्रकाशित सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।१० साउन २०७५ मा हराएकी निर्मलाको भोलिपल्ट ११ साउनमा बलात्कारपछि हत्या गरेृको अवस्थामा शव फेला परेको थियो । तर, हत्या भएको चार वर्ष पूरा भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।प्रतिनिधिसभाको जारी बैठकमा केदार सिग्देल र गंगा चौधरीले चार वर्ष पूरा भइसक्दा पनि निर्मला हत्या घटनाको दोषी पक्राउ पर्न नसक्नु दुखद् भएको बताए । तत्कालीन ओली सरकारले हत्यारालाई छुट दिन खोजेको आरोप लगाउने तत्कालीन प्रतिपक्षी दलका सांसदहरुको आवाज अहिले सत्तामा पुगेपछि बन्द भएको उनीहरुको आरोप छ ।‘तत्कालीन ओली सरकारले हत्यारालाई छुट दिन अनुसन्धान नगरेको भन्दै कांग्रेसका माननीयज्यूहरुले यो हलै थर्कनेगरी बोलेको सुनिन्थ्यो,’ सांसद सिग्देलले संसद बैठकमा भने, ‘म सोध्न चाहान्छु, देउवा सरकारले यो एक वर्षसम्म अपराधी पत्ता लगाउन के के काम गर्यो रु सिन्को भाँचेको छैन । अपराधीलाई पत्ता लगाइ कारबाही गर्र्न प्रतिपक्ष दल सहयोग गर्न चाहन्छ, दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्छु ।’साथै सांसद चौधरीले निर्मला पन्तले न्याय पाएकी हुन् भन्दै प्रश्न गरेकी छन् । ‘सदनमा चर्कोचर्को आवाज गुन्जिन्थ्यो, त्यो आवाज खोज्दैछु, निर्मला पन्तले न्याय पाएकै हुन् ?हत्यारा पत्ता लागेकै हो र?,’ उनले भनिन्, ‘हत्यारा पत्ता लागेको हो भने कुन कारागारमा राखेको छ ? दोषीलाई किन सार्वजनिक गरेको छैन ?’क्याटेगोरी : समाचारट्याग : #breaking, #निर्मला पन्त, #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट