Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ लमजुङ सेवा समाज कतारले सम्पन्न गर्यो प्लास्टिक तथा कागज जन्य सामाग्रीको पुर्नप्रयोग प्रतियोगिता

लमजुङ सेवा समाज कतारले सम्पन्न गर्यो प्लास्टिक तथा कागज जन्य सामाग्रीको पुर्नप्रयोग प्रतियोगिता


४९ औं विश्व बाताबरण दिवसको अवसरमा यहि जेठ २५ गते लमजुङ सेवा समाज कतार द्वारा भक्ती नमुना उच्च माबी भोटेओडार लमजुङमा प्लास्टिक तथा कागज जन्य समाग्रीहरुको पुर्नप्रयोग हुने गरि सजावट तथा घरायसी उपयोगि सामाग्रीको निर्माण गर्ने प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

शहरी क्षेत्रमा बाताबरण प्रदुषणलाई कम गराउने तथा फोहोर ब्यबस्थापन सम्बन्धि जनचेतना स्वरुप बिद्यालयका बिद्यार्थिहरुमा चेतना अभिबृद्दी तथा सिप र कलाले युक्त भएका विद्यार्थीलाई प्रोत्साहन पुग्ने उदेश्यले भक्ती नमुना उच्च माध्यामिक बिद्यालय सङ्ग सहकार्य गरि सो प्रतियोगिता सम्पन्न गरिएको हो ।

कक्षा ९ र १० मा अध्यायनरत भाईवहिनीहरु बिच गराईएको प्रतिस्पर्धामा १९ वटा समाग्रीको प्रदर्शनी भएका थिए।जस मध्ये प्रथम हुने समुहमा प्रिन्सु कार्की ,राजेश बुढाथोकी ,विकल रेग्मी र प्रदिप कुवर, द्वितीय हुने समुहमा उपेन्द्र पराजुली,एन्जल अधिकारी ,नलिना कोईराला र हर्षना देवकोटा र तृतीय हुने समुहमा जमुना गुरुङ ,अस्मीना अधिकारी ,करिना गुरुङ र रस्मीता गिरी थिए । सो प्रतियोगितामा बिजेता हुने समुहलाई लमजुङ सेवा समाज कतारको तर्फ बाट क्रमश दुईहजार पाचँ सय ,दुई हजार र एक हजार नगद पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

सुन्दरबजार न पा का नवनिर्वाचित मेयर कृष्ण प्रसाद कोईराला ज्युको प्रमुख आतिथ्यता तथा सु न पा (९का वडा अध्यक्ष एव भक्ति नमूना मा बि का वि व्या स का अध्यक्ष मनराज गुरुङ ,वाड न(८का वडा अध्यक्ष बिजेन्द्र थापा,निवर्तमान वडा(९का अध्यक्ष एवम् वि व्य स अध्यक्ष मोति प्रसाद गुरुङ लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमले सिप कला र मेहनेती बिद्यार्थीहरुलाई भबिस्यमा यस्ता किसिमका सृजनात्मक काम गर्न थप हौसला र उर्जा मिलेको छ ।

कार्यक्रमको प्राबिधिक पक्ष एवं मूल्यांकन विद्यालयका बिज्ञान शिक्षक बिष्णु ब। ले गर्नु भएको थियो भने कार्यक्रमको संयोजन ूलमजुङ सेवा समाज कतारूका द्वितीय उपाध्यक्ष बुद्दी सागर सुवर्णकारले गरेका थिए ।

लमजुङ सेवा समाज कतारले समय समयमा कतार तथा स्वदेशमा यस्तै थुप्रै रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #लमजुङ सेवा समाज कतार

तपाईको प्रतिक्रिया दिनुहोस