गृहपृष्ठ ∕ समाचार ∕ अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने तिमिल्सेना पक्राउ अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने तिमिल्सेना पक्राउ दीप संञ्चार जेठ २७, २०७९ गते २१:२४ मा प्रकाशित गत बैशाख २६ गते एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे ।पटक पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्यो । अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई पक्राउ गर्यो । ‘लुकिछिपी भिडियो बनाएर बार्गेनिङ गरेको सूचना आयो,’ कास्की प्रहरीका निमित्त प्रबक्ता ज्ञानबहादुर खड्काले भने, ‘सोही उजुरीका आधारमा पक्राउ गरिएको हो । हामी अनुसन्धान गरिरहेका छौं ।’उनलाई आपराधिक विश्वासघाट मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिए । उनले अरुलाई पनि त्यस्तो गरे नगरेको भने खुलेको छैन ।क्याटेगोरी : समाचारट्याग : #breaking, #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल