गृहपृष्ठ ∕ समाचार ∕ बाँके घटना : १६ वर्षीया किशोरीको सामूहिक बलात्कार, सात जना पक्राउ बाँके घटना : १६ वर्षीया किशोरीको सामूहिक बलात्कार, सात जना पक्राउ दीप संञ्चार जेठ २३, २०७९ गते १४:३९ मा प्रकाशित बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।भे।३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले बिचमा राखी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले ती किशोरीलाई फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाएको खुलेको थियो ।खोरमा राजकुमार थारु लगायत ५ जनाले बलात्कार गरेको र २ जनाले बलात्कारपछि ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।थप अनुसन्धानपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #पक्राउ, #बलात्कार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल