कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको दाबी
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी काँग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् ।
सोमबार काँग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै थापाले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका हुन् ।
उनले गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको बताए । ‘मतदाताहरू आक्रोशित भएका छन्, त्यसकै उपज विभिन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका छन्,’ उनले भने, ‘घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्नु पर्छ ।’
अहिले चुनिएका जनप्रतिनिधिहरूले जनताको सहज सेवालाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘जनताको विश्वास र भरोसा नतोड्नुस्,’ उनले भने, ‘जनतालाई परिवर्तनको महसुस गराउन सकेनौँ भने राजनीतिक दल समस्यामा पर्नेछ ।’ जनताको जीवनमा बदलाव ल्याउन सक्नुपर्नेमा उनको जोड रहेको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गठबन्धन गरिएको बताएका छन् ।
उनले गठबन्धनका कारण केही नेतालाई अप्ठ्यारो परेको समेत बताएका हुन् । त्यसैगरी हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले गठबन्धनले तयार गरेको घोषणापत्र, मार्गनिर्देशन र सपना पूरा गर्न अहम् भूमिका खेलिने बताएकी छिन् । उनले निर्वाचनका उपविजेतालाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘फूलको माला उने झैँ सबैलाई समेटिनेछ,’ उनले भनिन्, ‘समृद्ध हेटौंडा बनाउन दृढताका साथ लाग्नेछौँ ।’
क्याटेगोरी : राजनीति
ट्याग : #गगन थापा, #नेपाली कांग्रेस
ताजा अपडेट
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
तपाईको प्रतिक्रिया दिनुहोस