गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा दीप संञ्चार जेठ १४, २०७९ गते २२:०२ मा प्रकाशित काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् ।राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।मन्त्रिपरिषद्को यही जेठ १० गते बसेको बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरिएको हो । त्यस्तै राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकै अवसरमा मन्त्रिपरिषद्को यही जेठ १३ गतेको बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ कैदीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम कैद माफी गरेकी छन्।नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस–२०७९ का अवसरमा उनले उक्त माफी गरेकी हुन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #विद्यादेवी भण्डारी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ