गृहपृष्ठ ∕ समाचार ∕ १५ देशमा फैलियो मंकीपक्स संक्रमण १५ देशमा फैलियो मंकीपक्स संक्रमण दीप संञ्चार जेठ ९, २०७९ गते ८:२४ मा प्रकाशित एजेन्सी-पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ ।देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ ।मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ । तर, सर्वसाधारणमा भने यसको जोखिम कम भएको बताइन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस संक्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् ।यो संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरिरमा बिमिरा देखिने, शरिर दुख्ने , थकान महशुस हुने लक्षण देखिन्छ । मानिस तथा जनाबरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ ।क्याटेगोरी : समाचारट्याग : #मंकीपक्स संक्रमण तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप