गृहपृष्ठ ∕ राजनीति ∕ ओलीलाई आफ्नै गृहनगरमा धक्का, ५५९ मतान्तरले राप्रपाका थापाले मारे बाजी ओलीलाई आफ्नै गृहनगरमा धक्का, ५५९ मतान्तरले राप्रपाका थापाले मारे बाजी दीप संञ्चार जेठ ६, २०७९ गते ११:२४ मा प्रकाशित एमालेको दवदवा रहेको झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो । जहाँ राप्रपाका मेयर पदका उम्मेदवार राम थापा एमालेको गढ भत्काउँदै ५५९ मतान्तरले विजयी भएका हुन् ।थापाको जितसँगै ओलीलाई आफ्नै गृहनगरमा धक्का लागेको छ । मेयरमा विजयी राम थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । यसैगरी उपप्रमुखमा पनि एमाले पराजित भएको छ । एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । दमकमा एमालेकी उपमेयर उम्मेदवार अम्बिका प्रसाद खनालले १६५७४ मत पाउँदा काँग्रेसका रेगिना भट्टराईले १७०७२ मत ल्याएर विजयी भइन् ।झापामा एमालेविरुद्ध महागठबन्धन थियो । अर्थात एमालेलाई हराउने लक्ष्यका साथ सत्ता गठबन्धन र राप्रपा एकातिर थियो भने एमाले एक्लै मैदानमा खडा भएको थियो । गठबन्धनमा राप्रपाका थापाले मेयर पाउँदा काँग्रेसले उपमेयर पाएको थियो । जुन गठबन्धन दमकमा सफल भएको छ । क्याटेगोरी : राजनीतिट्याग : #breaking, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुउपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट दोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटस आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी