गृहपृष्ठ ∕ राजनीति ∕ गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक,९ पालिकामा माओवादी विजयी, एमाले शून्य गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक,९ पालिकामा माओवादी विजयी, एमाले शून्य दीप संञ्चार जेठ ६, २०७९ गते ११:१२ मा प्रकाशित गोरखाका सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको पनि नतिजा आएसँगै मतगणना सम्पन्न भएको हो । सो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। अध्यक्षमा निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङले १३११ मत प्राप्त गरे ।उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेकी लक्ष्मी गुरुङले १५६५ मत प्राप्त गर्दा उनकी प्रतिष्पर्धि नेपाली काँग्रेसकी मेतोक छोकी लामाले १३०७ मत प्राप्त गरिन् । यसैगरी वडा अध्यक्षमा १ मा कर्मा छेवाङ लामा, २ मा मिङ्मा दोर्जे लामा, ४ मा पेमा ग्यलपो लामा,५ मा कालेन छेवाङ लामा, ७ मा टसि दोर्जे लामा नेपाली काँग्रेसबाट र ३ मा रामकुमार गुरुङ ६ मा सरोज लामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर ६ का लामा यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।गोरखाको ९ पालिकामा माओवादी विजयी भएको छ । २ पालिकामा काँग्रेस विजयी हुँदा पालिकाको नेतृत्वमा एमाले शून्य भएको छ । अघिल्लो निर्वाचनको तुलनामा माओवादीले नतिजा सुधारेको हो।२०७९ को स्थानीय तह निर्वाचनगोरखाका २ नगरपालिका, ९ गाउँपालिका र ९४ वडाको अन्तिम नतिजामाओवादी- २ नगरपालिका, ७ गाउँपालिका र ४३ वडाकांग्रेस- २ गाउँपालिका र ३७ वडाएमाले -१० वडाजसपा-३ वडास्वतन्त्र- १ वडानिर्बाचित सबै जनप्रतिनिनिधिहरूलाई सफल कार्यकालको हार्दीक शुभकामना ।२०७४ को स्थानीय निर्वाचनमाओवादी २ गाउँपालिका र ३० वडाकांग्रेस २ नगरपालिका, ७ गाउँपालिका र ४५ वडाजसपा ५ वडा र एमाले १४ वडा क्याटेगोरी : राजनीतिट्याग : #नेकपा माओवादी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुउपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने