गृहपृष्ठ ∕ समाचार ∕ प्रस्तावित ६ राजदुतको नाम संसदीय सुनुवाइबाट अनुमोदित प्रस्तावित ६ राजदुतको नाम संसदीय सुनुवाइबाट अनुमोदित दीप संञ्चार जेठ ५, २०७९ गते २२:२५ मा प्रकाशित काठमाडौँ -संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ । बुधबार बिहान र बेलुकी गरी दुई पटक समितिले छुट्टाछट्टै सुनुवाइ गर्दै प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको हो ।यसरी अनुमोदित हुने प्रस्तावित राजदूतहरूमा मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल) हुन् । उनीहरुलाई सरकारले एक महिनाअघि नै राजदूतमा सिफारिस गरेको थियो ।सरकारले २० जनालाई राजदूतमा सिफारिस गरेकोमा ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेको छ ।समितिले मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरिसकेको छ । अब १४ जना राजदूतहरुको संसदीय सुनुवाइ बाँकी रहेको र हरेक दिन बिहान दुई जना र बेलुकी दुई जना गरी सुनुवाइ गर्ने कार्यक्रम रहेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।प्रस्तावित राजदूतको नाम संसदीय समितिले अनुमोदन गरेपछि उनीहरुको अग्रिमो (स्वीकृति) को लागि सम्बन्धित मुलुकमा पठाइन्छ । सम्बन्धित मुलुकले स्वीकृति दिएपछि कानुन अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्नेछिन् । समितिले मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरिसकेको छ । अब १४ जना राजदूतहरुको संसदीय सुनुवाइ बाँकी रहेको छ ।सरकारले सिफारिस गरेका राजदूतमा अनुमोदित हुनेमा खाडी मुलुक ओमानमा सफल कार्यकाल पुरा गरि चर्चाको शिखर चुमेकी डा।शर्मिला पराजुली ढकाललाई स्पेनका लागि चयन भएकी हुन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #राजदुत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने