गृहपृष्ठ ∕ समाचार ∕ प्रस्तावित ६ राजदुतको नाम संसदीय सुनुवाइबाट अनुमोदित प्रस्तावित ६ राजदुतको नाम संसदीय सुनुवाइबाट अनुमोदित दीप संञ्चार जेठ ५, २०७९ गते २२:२५ मा प्रकाशित काठमाडौँ -संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ । बुधबार बिहान र बेलुकी गरी दुई पटक समितिले छुट्टाछट्टै सुनुवाइ गर्दै प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको हो ।यसरी अनुमोदित हुने प्रस्तावित राजदूतहरूमा मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल) हुन् । उनीहरुलाई सरकारले एक महिनाअघि नै राजदूतमा सिफारिस गरेको थियो ।सरकारले २० जनालाई राजदूतमा सिफारिस गरेकोमा ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेको छ ।समितिले मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरिसकेको छ । अब १४ जना राजदूतहरुको संसदीय सुनुवाइ बाँकी रहेको र हरेक दिन बिहान दुई जना र बेलुकी दुई जना गरी सुनुवाइ गर्ने कार्यक्रम रहेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।प्रस्तावित राजदूतको नाम संसदीय समितिले अनुमोदन गरेपछि उनीहरुको अग्रिमो (स्वीकृति) को लागि सम्बन्धित मुलुकमा पठाइन्छ । सम्बन्धित मुलुकले स्वीकृति दिएपछि कानुन अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्नेछिन् । समितिले मंगलबार चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम पनि अनुमोदन गरिसकेको छ । अब १४ जना राजदूतहरुको संसदीय सुनुवाइ बाँकी रहेको छ ।सरकारले सिफारिस गरेका राजदूतमा अनुमोदित हुनेमा खाडी मुलुक ओमानमा सफल कार्यकाल पुरा गरि चर्चाको शिखर चुमेकी डा।शर्मिला पराजुली ढकाललाई स्पेनका लागि चयन भएकी हुन् ।क्याटेगोरी : समाचारट्याग : #breaking, #राजदुत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल