गृहपृष्ठ ∕ राजनीति ∕ मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै दीप संञ्चार जेठ ३, २०७९ गते १६:५३ मा प्रकाशित भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् ।मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वडा छन् । अहिलेसम्म सात वटा वडाको मतगणना सकिसकेको छ । अब वडा नम्बर ८ र ९ गरी दुई वटा मात्रै वडाको मतगणना बाँकी छ । यो दुई वटा वडामा पाँंच हजार सात सय मत खसेको छ। यो दुवै वडामा एमाले बलियो मानिँदैन । यसअघि यहाँ नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको थियो । यही कारण काँग्रेसको मेयर सुरेन्द्र विजयी नजिक पुगेको हो ।सुरेन्द्रलाई पछ्याउँंदै गएका एमालेका मदनसुन्दर श्रेष्ठ निवर्तमान मेयर हुन् । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको गठबन्धनबाट यसअघिको स्थानीय निकायको निर्वाचनमा उनी भारी मतले मेयरमा विजयी भएका थिए ।मध्यपुर थिमि नगरपालिकामा हालसम्म कांग्रेसले वडा नं १, २, ३, ५ र ६ गरी पाँंच वडामा अध्यक्ष जितिसकेका छ भने एमालेले वडा नम्बर ४ र ७ गरी दुई वडामा अध्यक्ष जितेका छ ।नाताले सुरेन्द्र र मदनसुन्दर ज्वाइँ जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने मदनसुन्दर ज्वाइँ हुन् ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप