गृहपृष्ठ ∕ राजनीति ∕ उदयपुरका मुख्य निर्वाचन अधिकृतले मतगणना सम्पन्न नहुँदै किन दिए राजीनामा ? उदयपुरका मुख्य निर्वाचन अधिकृतले मतगणना सम्पन्न नहुँदै किन दिए राजीनामा ? दीप संञ्चार जेठ १, २०७९ गते २१:२९ मा प्रकाशित उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिएका छन् ।आइतबार मुख्य निर्वाचन अधिकृत खनालले आफूले स्वास्थ्यको कारण पदभार र कार्य पूरा गर्न नसकेको कारण देखाएर राजीनामा दिनुपरेको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।जिल्लाको ९८ मतदान केन्द्रको मतगणना कार्यहरु बाँकी रहेको र जिल्लाकै त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी मतदान केन्द्रमा शुक्रबार मतदान अधिकृतको लापरबाहीका कारण दुई हजार मतदाता मतदान गर्नबाट वञ्चित रहेपछि सो मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने राजनीतिक दलहरुको माग उठिरहेको बेला मुख्य निर्वाचन अधिकृत खनालले राजीनामा दिएको बताएका छन् ।जिल्लाको आठ पालिकामध्ये अहिले पनि त्रियुगा नगरपालिका, कटारी नगरपालिकासहित धेरै स्थानमा मतगणना नै सुरु भएको छैन भने त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी स्कुल मतदान केन्द्रमा निर्वाचन नै पुनः हुनसकेको बेला मुख्य निर्वाचन अधिकृतको राजीनामा आएको हो ।राससक्याटेगोरी : राजनीतिट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ