गृहपृष्ठ ∕ राजनीति ∕ आयोगले भन्याे- ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा’ आयोगले भन्याे- ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा’ दीप संञ्चार वैशाख २९, २०७९ गते २०:४९ मा प्रकाशित काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार हुन गइरहेको निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको जानकारी दिएका हुन । उनले भने- ‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।’चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको प्रवक्ता अर्यालको भनाइ छ ।साथै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भएरनभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको पनि उनले जानकारी दिए ।मतदान भोलि बिहान ७ बजेदेखि कार्य सुरु हुनेछ भने बेलुकी ५ बजेसम्म जारी रहनेछ । ३५ हजार २ सय २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध रोध निर्वाचित भइसकेका छन् ।मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । क्याटेगोरी : राजनीतिट्याग : #breaking, #निर्वाचन आयोग तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप