गृहपृष्ठ ∕ समाचार ∕ मोरङका नाका बन्द गरिने मोरङका नाका बन्द गरिने दीप संञ्चार वैशाख २६, २०७९ गते २१:४५ मा प्रकाशित जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै यही वैशाख २७ गते राति १२ देखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ ।यही वैशाख ३० गते सम्पत्र हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पत्र गर्न मोरङसँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।मदिरा निषेधयसैगरी, सोही सन्दर्भमा जिल्लामा मादक पदार्थ बिक्री वितरण एवं सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई प्रभावित हुन नदिन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६(थ), गृह मन्त्रालय निर्वाचन सेलको आदेश बमोजिम सो व्यवस्था गरिएको हो ।यही वैशाख २७ गते राति १२ देखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङ जिल्लाभर मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हुँदा उल्लिखित क्रियाकलाप नगरी, गराई सहयोग गर्न हुन सबैलाई अनुरोध गरेको छ । यो आदेश बर्खिलाप भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।रासस क्याटेगोरी : समाचारट्याग : #नाका बन्द तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट