गृहपृष्ठ ∕ राजनीति ∕ ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् – केपी ओली ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् – केपी ओली दीप संञ्चार वैशाख १८, २०७९ गते १९:३३ मा प्रकाशित काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते (३० वैशाख) देखाइदिने बताएका छन् । हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी ओली भन्ने गरेको भन्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको नतिजाले देखाइदिने बताए ।‘यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो । त्यो त हामी ३० गते देखाइदिन्छौं । त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको,’ ओलीले भने । आफ्नो नेतृत्वको सरकार कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको ओलीको भनाइ छ ।वृद्ध भत्ता बढाएर ज्येष्ठ नागरिकको पार्टी एमाले भएको उनको भनाइ छ । कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएको स्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताए ।दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेको वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको बताए । अहिलेको सरकारमा रहेका मन्त्रीहरूलाई औलो समाएर हिँड्न सिकाएको ओलीको भनाइ छ । रेडियो टेलिभिजनमा गएर पाँच हजार तिरेर कोभिडविरुद्धको खोप लगाएको भन्दै गलत प्रचार प्रसार गर्दै हिँडेको बताए ।वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यमन्त्रीमा नियुक्त हुँदा पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताएका थिए । उक्त भनाइको खण्डन गर्दै ओलीले निःशुल्क लगाइएको खोपलाई पैसा तिरेर भनिएको बताए ।जनतापाटीक्याटेगोरी : राजनीतिट्याग : #केपी ओली तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल