गृहपृष्ठ ∕ राजनीति ∕ स्थानीय तह निर्वाचन : एक लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता स्थानीय तह निर्वाचन : एक लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता दीप संञ्चार वैशाख १५, २०७९ गते १९:५३ मा प्रकाशित काठमाडौं – स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजारभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ ।निर्वाचन आयोगले जारी गरेको तथ्यांकअनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म एक लाख ५३ हजार दुईजना उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।जसमा नगर प्रमुखमा तीन हजार ५१०, गाउँपालिका अध्यक्षमा तीन हजार ३८७, उपमेयरमा दुई हजार १६८, गाउँपालिका उपाध्यक्षमा दुई हजार ४०१ जनाको मनोनयन दर्ता गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।वडाअध्यक्षका लागि ३५ हजार ३५३ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यहरूका लागि २६ हजार ५३२ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यहरूमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।आयोगले उम्मेदवारी रूजु गर्ने काम जारी राखेको भन्दै अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगर्दासम्म केही घट्न सक्ने बताए । कानून अनुसार मनोनयन दर्ता नभएकाहरूको उम्मेदवारी आयोगले खारेज गर्नेछ ।त्यसका लागि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीको बन्द सूचीमा नाम नहटाएकाहरूको उम्मेदवारी आयोगले खारेज गर्नेछ । त्यस्तै कानुनले अयोग्य भनेको उम्मेदवारको हकमा पनि आयोगले उम्मेदवारी खारेज गर्नेछ ।आयोगले शुक्रबार मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि १६ वैशाखलाई उम्मेदवारको नाम फिर्ता दिने समय तय गरिएको छ । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १७ वैशाख उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला