गृहपृष्ठ ∕ समाज ∕ नेपालमा रोटरीले यो वर्षमात्र १ अर्बको सामाजिक कार्य गर्ने नेपालमा रोटरीले यो वर्षमात्र १ अर्बको सामाजिक कार्य गर्ने दीप जङ्ग शाह भदौ २३, २०७६ गते १३:४८ मा प्रकाशित काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले रोटरी वर्ष २०१९/२० मा करिब १ अर्ब बराबरको सामाजिक कार्य गर्ने भएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा सन् २०३० सम्ममा नेपाललाई साक्षर बनाउने अभियान अन्तर्गत सो घोषणा गरिएको हो ।भूटानको एउटा र नेपालका ११९ वटा स्थानीय रोटरी क्लबहरू र त्यसमा आवद्ध पॉच हजार सदस्यलाई नेपालमा मुख्यालय रहेको रोटरी डिष्ट्रिक्ट ३२९२ ले नेपालमा सार्वजनिक सेवाको सुरुवात ६० वर्षअघि गरेको थियो । विक्रम सम्वत् २०१७ बैशाख १ गते (सन् १९५९ अप्रिल १३ का दिन) मा रोटरी क्लब अफ काठमाडौंको स्थापनासँगै नेपालमा सामाजिक क्षेत्रमा रोटरी क्रियाशील हुंदै आएको हो । रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य, सरसफाई, मानवीय उद्धार, महिला सशक्तिकरण लगायतका क्षेत्रमा सामाजिक–आर्थिक रूपान्तरणका लागि काम गर्दै आएको रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए ।रोटरीले काठमाडौंको जोरपाटीमा नेपालकै पहिलो नेपाल अर्थोपेडिक अस्पतालको स्थापना तथा त्यसका लागि आवश्यक सम्पूर्ण उपकरणहरू, वीर अस्पतालको आइसियू भवनको निर्माण तथा नेपालमै पहिलो पटक भेन्टिलेटर सेवाको सुरूवात एवं सञ्चालन, भक्तपुर क्यान्सर अस्पतालका सम्पूर्ण उपकरणहरू, गंगालाल हृदय रोग केन्द्रमा रहेको आइसियू तथा कार्डियाक एक्सरे इमेज ल्याब, विराटनगरस्थित कोशी अंचल अस्पतालमा आइसियू तथा इन्सिनेरेटर, बनेपाको शीर मेमोरियल अस्पतालमा इन्सिनेरेटर, बुटवलस्थित गौतम बुद्ध सामुदायीक हृदय रोग अस्पतालको अत्याधुनिक भवन निर्माण तथा संपूर्ण उपकरणहरूलगायत ललितपुर पाटनमा ब्लड बैंक र हृदय रोग विशिष्टिकृत केन्द्र एवं काठमाडौंको नेशनल डेन्टल अस्पताललाई उपकरण प्रदान पनि रोटरीले गरेको पूर्व डिस्ट्रिक्ट गभर्नर एवं नेपाल सरकारका पूर्व मुख्य सचिव तिर्थमान शाक्यले जानकारी दिए ।क्याटेगोरी : समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट