गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ बाहुबलीलाई उछिन्यो केजीएफ-२ ले ! बाहुबलीलाई उछिन्यो केजीएफ-२ ले ! दीप संञ्चार वैशाख ८, २०७९ गते ९:४८ मा प्रकाशित साउथका सुपरस्टार यश आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘केजीएफ(२’ ले एकपछि अर्को रेकर्ड तोड्दैछ । मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै १०० करोडको बजेटमा बनेको ‘केजीएफ-२’ ले ६ दिनमा अहिलेसम्म ६७६.८० करोड रुपैयाँको ग्रस वर्ल्ड वाइड बक्स अफिस कलेक्सन गरेको बताएका छन् । योसँगै (केजीएफ-२-प्रभासको (बाहुबली-१) को ६ दिनमा लाइफटाइम ग्रोस (रु. ६५० करोड) व्यापारलाई पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने आठौँ भारतीय फिल्म बनेको छ। मनोबाला विजयबलनले भनेका छन् ‘केजीएफ–२’ ले छैटौं दिन अर्थात मंगलबार ५१.६८ करोडको ग्रस वर्ल्ड वाइड व्यापार गरेको छ । यसअघि फिल्मले विश्वभर ७३.२९ करोड, चौथो दिन (आइतबार) १३२.१३ करोड, तेस्रो दिन (शनिबार) ११५.०८ करोड, दोस्रो दिन (शुक्रबार) १३९.२५ करोड र पहिलो दिन (बिहीबार) १६५.३७ करोडको व्यापार गरेको थियो ।‘केजीएफ–२’ को हिन्दी संस्करणले ६ दिनमा २३८ करोड कमाएको छ । तरण आदर्शले पोस्ट सेयर गर्दै ‘केजीएफ–२’ को हिन्दी संस्करणले ६ दिनमा मात्रै भारतमा २३८।७० करोडको व्यापार गरेको बताए । तरणका अनुसार सातौं दिन अर्थात बुधबार फिल्मले ‘बाहुबली २’ ले २ सय ५० करोडभन्दा बढीको व्यापार गरेर पहिलो हप्ताको कमाईको रेकर्ड तोड्ने छ । योसँगै ‘केजीएफ–२’ २५० करोडको आँकडा पार गर्ने पहिलो हिन्दी फिल्म पनि बन्नेछ ।‘केजीएफ–२’ को हिन्दी संस्करणले छैटौं दिन भारतमा १९।१४ करोडको व्यापार गरेको तरणले बताए । यसअघि फिल्मको हिन्दी संस्करणले पाँचौं दिन २५.५७ करोड, चौथो दिन ५०.३५ करोड, तेस्रो दिन ४२.९० करोड, दोस्रो दिन ४६.७९ करोड र पहिलो दिन ५३.९५ करोड कमाएको थियो ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #केजीएफ–२ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल