गृहपृष्ठ ∕ समाचार ∕ तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु दीप संञ्चार चैत्र ३०, २०७८ गते २१:०६ मा प्रकाशित अछाममा तीर्थ गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका-६ का हरिप्रसाद भण्डारीका छोरा करिब ५२ वर्षका वेदप्रसाद भण्डारीको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।मङ्गलसेन नगरपालिका-३ मा कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले बताए । बुधबार दिउँसो करिब ३ बजेको समयमा डुबेर मृत्यु भएको घटनास्थलमा रहेका बालकृष्ण भण्डारीले जानकारी दिए ।मृतक भण्डारी पूर्व शिक्षक तथा पूर्व प्रधानपञ्चसमेत हुन् । स्थानीय गंगा माद्यामिक विद्यालयका पूर्व प्रधानाध्यापकका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थिए ।हाल ठुलासैन बजारमा व्यापार व्यवसाय गर्दै आएका भण्डारीको निधनले सिंगो गाउँ शोकमा परेको छ । तीर्थ जान भन्दै मंगलबार घरबाट हिँडेमा भण्डारीसहित गाउँबाट करिब ३०/४० जनाको टोली आज तीर्थस्थल जिमराडीमा पुगेको थियो । उनलाई बचाउन गएका अन्य दुई जना सामान्य घाइते भएका जनाइएको छ ।उक्त स्थानमा गत चैत्र ३ गते मलामी गएका मङ्गलसेन ३ लाछिमानाका करिब २८ वर्षका पुरुष मीन बहादुर ढोलीको पनि अस्तु सेलाउने क्रममा डुबेर मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक गंगादत्त बडूको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट