गृहपृष्ठ ∕ समाचार ∕ तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु दीप संञ्चार चैत्र ३०, २०७८ गते २१:०६ मा प्रकाशित अछाममा तीर्थ गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका-६ का हरिप्रसाद भण्डारीका छोरा करिब ५२ वर्षका वेदप्रसाद भण्डारीको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो ।मङ्गलसेन नगरपालिका-३ मा कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले बताए । बुधबार दिउँसो करिब ३ बजेको समयमा डुबेर मृत्यु भएको घटनास्थलमा रहेका बालकृष्ण भण्डारीले जानकारी दिए ।मृतक भण्डारी पूर्व शिक्षक तथा पूर्व प्रधानपञ्चसमेत हुन् । स्थानीय गंगा माद्यामिक विद्यालयका पूर्व प्रधानाध्यापकका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थिए ।हाल ठुलासैन बजारमा व्यापार व्यवसाय गर्दै आएका भण्डारीको निधनले सिंगो गाउँ शोकमा परेको छ । तीर्थ जान भन्दै मंगलबार घरबाट हिँडेमा भण्डारीसहित गाउँबाट करिब ३०/४० जनाको टोली आज तीर्थस्थल जिमराडीमा पुगेको थियो । उनलाई बचाउन गएका अन्य दुई जना सामान्य घाइते भएका जनाइएको छ ।उक्त स्थानमा गत चैत्र ३ गते मलामी गएका मङ्गलसेन ३ लाछिमानाका करिब २८ वर्षका पुरुष मीन बहादुर ढोलीको पनि अस्तु सेलाउने क्रममा डुबेर मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक गंगादत्त बडूको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको अछाम प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप