गृहपृष्ठ ∕ राजनीति ∕ देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो-अर्थमन्त्री शर्मा देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो-अर्थमन्त्री शर्मा दीप संञ्चार चैत्र २८, २०७८ गते १८:११ मा प्रकाशित काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ ।‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिदैछ । यो राष्ट्रघात हो । देशलाई त राम्रो बनाउनुपर्यो नि । श्रीलंका बनाउनतिर किन चाँसो उहाँहरूको भइराखेको छ बडो अचम्म लाग्छ ,’ मन्त्री शर्माले भने ।सरकारले बृद्धभत्ता कटौती गर्न लागेको, अन्य काम पनि कटौती गर्न लागेको भन्दै भ्रम फैलाउने काम भइरहेको उनको भनाइ छ । ‘हामीले आवश्यकता अनुसार बजेटको व्यवस्था गरिरहेका छौं । बृद्धभत्ता कटौती गर्न लाग्यो, यसो गर्न लाग्यो भनेर भ्रम फैलाउने काम भइरहेको छ । यी सबै अफवाहहरू हुन् ,’ उनले भने ।ठूलो ठूलो स्वरमा अर्थतन्त्र सकियो भन्दै राजनीतिकरण गर्न खोजिएको उनको भनाइ छ । ‘हामी पनि सतर्कता अपनाइरहेका छौं । यसमा अनावश्यक अफवाह फैलाउनु आवश्यक छैन्,’ मन्त्री शर्माले भने, ‘हामीले दिन नसकिने अवस्थामा छैनौं । अहिले पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब पैसा छ ।’ जनतापाटीक्याटेगोरी : राजनीतिट्याग : #जनार्दन शर्मा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला