Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा २४ वर्षीय मोहन विक घाइते

घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा २४ वर्षीय मोहन विक घाइते


काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएकाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले २४ वर्षीय मोहन विक घाइते भएको बताए । उनको मुख र हातमा गहिरो चोट लागेको छ । घाइते विकको ललितपुरस्थित बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ ।

नजिकै रहेको जंगलमा पहिचान नखुलेका वस्तु भेटिएको र आगोमा लगाउँदा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता खतिवडालाई बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यस क्षेत्रको जंगलमा नेपाली सेनाले नियमित अभ्यास गर्दै आएको छ । सो क्रममा ‘मिस फायर’को बम विकले भेटेको हुन सक्ने प्रहरीले आशंका प्रहरीको छ । तर, पुष्टि भइसकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #विस्फोट

तपाईको प्रतिक्रिया दिनुहोस