गृहपृष्ठ ∕ राजनीति ∕ विप्लव नेतृत्वको नेकपा र सत्ता गठबन्धनबीच चुनावी तालमेल ! विप्लव नेतृत्वको नेकपा र सत्ता गठबन्धनबीच चुनावी तालमेल ! दीप संञ्चार चैत्र २६, २०७८ गते १७:४४ मा प्रकाशित काठमाण्डौं : प्युठानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्ता गठबन्धनका दलसँग मिलेर स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ।प्युठानको माण्डवी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलसँग सहकार्य गर्ने भएको हो।माण्डवी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो।नेकपासहित सत्ता गठबन्धनका दलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘माण्डवी गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरुको बैठक बसी वैशाख ३० गते हुने स्थानीय चुनावमा दलीय अस्तित्व स्वीकार गर्नेगरी गठबन्धनसहित एक ढिक्का भएर जाने कुरामा सहमतिका साथ प्रेस वक्तव्य जारी गरेका छौँ।’वक्तव्यमा कांग्रेसका गाउँपालिका कार्यसमिति उपसभापति ऋषिराम अधिकारी, माओवादीका गाउँ कमिटी अध्यक्ष बलबहादुर खत्री, जनमोर्चाका अध्यक्ष शंकर आचार्य र नेकपाका इन्चार्ज हरि बस्नेतले हस्ताक्षर गरेका छन्।इन्चार्ज बस्नेतले आफ्नो पार्टी निर्वाचनमा नगए पनि स्वतन्त्र रुपमा उम्मेदवार उठाउने नीति भएको प्रतिक्रिया दिए। उनले माण्डवी गाउँपालिकामा सत्ता गठबन्धनसँग सहकार्य गरेर जान आफूहरु तयार भएको पनि बताए।‘पार्टी निर्वाचनमा जान्न। हामी स्वतन्त्र उठाउँछौँ,’ बस्नेतले नेपालखबरसँग भने, ‘प्युठानको माण्डवी गाउँपालिकामा हामीले सहकार्य गरेर जाने सहमति गरेका हौँ।’उनले सत्ता गठबन्धनसँग सहकार्यका लागि सहमति भए पनि भागबन्डा भने भइनसकेको बताए।क्याटेगोरी : राजनीतिट्याग : #विप्लव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न