गृहपृष्ठ ∕ समाचार ∕ हप्तामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय ! हप्तामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय ! दीप संञ्चार चैत्र २५, २०७८ गते ९:१४ मा प्रकाशित काठमाडौँ -सरकारले देशलाई आर्थिक संकटबाट बचाउन भन्दै हप्ताको दुई दिन सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको छ । राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको सामना गर्न सरकारलाई सुझाएको थियो ।बिहिबार बसेको मन्त्रिपरिषद्ले राष्ट्र बैंकले दिएको सुझाव अनुसार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सैद्धान्तिक निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने समेत निर्णय गरेको छ । त्यही निर्णय कार्यान्वयनका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।कुन कुन दिन विदा दिने र यसको कार्यान्वयनका सन्दर्भमा भने थप छलफल गरेर ठोस निर्णय लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय कार्यविधि बनाएर एक हप्ताभित्र कार्यान्वयमा ल्याउने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन धेरै अगाडिदेखि सुझाव गए पनि सरकारले कार्यान्वयन गरेको थिएन। आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कले दिएको सुझाव मन्त्रिपरिषद्ले कार्यान्वयन गरेको हो।क्याटेगोरी : समाचारट्याग : #सार्वजनिक विदा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप