गृहपृष्ठ ∕ समाचार ∕ पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतको आदेश पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतको आदेश दीप संञ्चार चैत्र २४, २०७८ गते २१:२९ मा प्रकाशित तनहुँ – नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ ।नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । न्यायधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मको लागि थुनामै राख्न आदेश दिएपछि कलाकार शाहलाई पुनः बुधबार राति कारागारमा ल्याई राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।कावासोतीस्थित नवलपुर जिल्ला अदालतले तनहुँ कारागारमा नै थुनामा राख्न आदेश भएकोले बुधबार राति १२ः३० बजे तनहुँ कागारमा राखिएको उनले बताए । कलारका शाहलाई तनहुँका अतिरित्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोप उजुरी परेपछि नवलपरासीमा हाजिर गराइएको थियो ।एक वर्षअघि नवलपुरको गैँडाकोटमा सुटिङको क्रममा मादक पद्धार्थ खुवाएर बलात्कार गरेको भन्दै व्यास नगरपालिका–१० की एक किशोरीले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि किटानी जाहेरी दिएका थिए । त्यसपछि चैत्र ३ गते जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको थियो ।शाहका वकिलले तनहुँ जिल्ला अदालतको पुर्पक्षको लागि तनहुँ कारागारमा राख्न भएको आदेश विरुद्ध चैत्र १५ निवेदन दिएका थिए । निवेदनमा पुर्पक्षको लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग राखिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #पल शाह तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप