गृहपृष्ठ ∕ राजनीति ∕ सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा दीप संञ्चार चैत्र २४, २०७८ गते १२:४५ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री खतिवडाले सबैको सहयोगले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वस्थ्य बनाइने बताए।मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखे । ‘सबै नीतिको मूलप्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ’, उनले भने । नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, अखाद्य पदार्थको प्रयोग, निष्क्रिय जीवनशैली, लागुऔषधलगायत रहेको उनको भनाइ थियो ।स्वास्थ्य सचिव डा रोशन पोखरेलले कार्ययोजनालाई प्रादेशिक र स्थानीय तहमा कार्यान्वयन गर्नतर्फ मन्त्रालयले ध्यान दिने बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशङ्कर प्रसादले स्वास्थ्य उपचार गर्न विदेश जाँदा धेरै पैसा बाहिरीने गरेको भन्दै नेपालमा उपचार हुने रोग यही नै गर्नुपर्नेमा जोड दिए ।विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश पाण्डवले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर नेपालले दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने धारणा राखे । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि पाँचवर्षीय ९२०७८–८२० योजना ल्याइएको बताए ।रासस क्याटेगोरी : राजनीतिट्याग : #विरोध खतिवडा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न