गृहपृष्ठ ∕ राजनीति ∕ स्थानीय तहको निर्वाचन : कांग्रेसले गठन गर्यो टोलसम्म प्रचारप्रसारका लागि समिति स्थानीय तहको निर्वाचन : कांग्रेसले गठन गर्यो टोलसम्म प्रचारप्रसारका लागि समिति दीप संञ्चार चैत्र २२, २०७८ गते २१:३७ मा प्रकाशित काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि समिति गठन गरेको छ । निर्वाचनमा वडा तथा टोल तहसम्म प्रचारप्रसार गर्न समिति गठन गरिएको हो ।स्थानीय तह निर्वाचन नजिकिएसँगै बसेको केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले कांग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा र टोलसम्म समिति बनाएर अघि बढ्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकले प्रचारप्रसार समितिअन्तर्गत पत्रकारहरूको संयोजकत्वमा विभिन्न पाँच समितिको गठन गरेको छ ।कांग्रेसले प्रचार प्रसार सल्लाहकार समितिको संयोजकमा हरिहर विरही, अनलाइन मिडिया समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा विष्णु निष्ठुरी, छापा माध्यम समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा किरण पोखरेललाई मनोनित गरेको छ ।त्यसैगरी, टेलिभिजन समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा अनिता बिन्दु र रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा गोपाल झालाई मनोनित गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ