गृहपृष्ठ ∕ राजनीति ∕ डा. शेखर कोइराला : गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ डा. शेखर कोइराला : गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ दीप संञ्चार चैत्र २०, २०७८ गते २०:४१ मा प्रकाशित काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताएका छन् । काँग्रेस तनहुँले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने अधिकार दिइएको बताए ।गठबन्धन गर्ने नाममा केन्द्रबाट हस्तक्षेप नगरिने बताउँदै उनले भने, “कहाँ कहाँ गठबन्धन गर्ने त्यो निर्णय जिल्लाले गर्छ । त्यो अधिकार केन्द्रमा राखिएको छैन, यो सही निर्णय भएको छ ।” डा कोइरालाले धेरैजसो जिल्लामा काँग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने भावना आफूले पाएको उल्लेख गरे । तनहुँमा पनि केही ठाउँमा पुग्दा काँग्रेस एक्लै निर्वाचनमा जानुपर्ने कार्यकर्ताको भावना रहेको भन्दै उनले भने, “जहाँ आवश्यक हुन्छ त्यहाँ गठबन्धन गरौँ ।”कोइरालाले विधानअनुसार गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको उम्मेदवार छनौट गर्ने अधिकार जिल्लामा भएकाले सोहीअनुसार अधिकार प्रयोग गर्न आग्रह गरे । “सबै नामावली केन्द्रमा पठाउने होइन, विधानअनुसार चल्नुपर्छ,” उनले भने । केन्द्रीय सदस्य मधु आचार्यले जित्ने ठाउँमा तालमेल गर्न आवश्यक नरहेको बताउँदै काँग्रेस कमजोर भएको ठाउँमा मात्रै तालमेल गर्नुपर्ने बताए । नुवाकोटका पूर्वसभापति जगदीशनरसिंह केसीले काँग्रेसले काँग्रेस उम्मेदवारलाई मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।महासमिति सदस्य देवराज चालिसेले शक्तिको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको उल्लेख गरे । जिल्ला सभापति जितप्रकाश आलेले पार्टीको आन्तरिक विग्रहका कारण काँग्रेस कमजोर हुँदै गएकाले एकढिक्का भएर निर्वाचनमा जानुपर्नेमा जोड दिए ।राससक्याटेगोरी : राजनीतिट्याग : #शेखर कोइराला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट