Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ नोबेल अस्पतालमा कार्यरत डा.यादव मृत फेला

नोबेल अस्पतालमा कार्यरत डा.यादव मृत फेला


विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा कार्यरत चिकित्सक मृत फेला परेका छन्।

सप्तरी राजविराज घर भएका वर्ष २७ का डा. विजय यादव मृत अवस्थामा फेला परेका हुन्। घरको गेट नजिकै हात बटारिएको अवस्थामा उनको शव फेला परेको हो।

विगत ५ बर्षदेखि नोबेल अस्पतालमा कार्यरत उनी थिए विराटनगर-४ स्थित अस्पताल नजिकै भाडामा बस्दै आएका थिए। नोबेल मेडिकल कलेजको स्वास्थ्य शिविरमा गएर शुक्रबार विराटनगर फर्किएका उनको शनिबार बिहान मृत अवस्था शव फेला परेको हो।


क्याटेगोरी : समाचार
ट्याग : #मृत फेला

तपाईको प्रतिक्रिया दिनुहोस