गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसले तोक्यो मापदण्डसहित उम्मेदवार छान्ने समयसिमा कांग्रेसले तोक्यो मापदण्डसहित उम्मेदवार छान्ने समयसिमा दीप संञ्चार चैत्र १७, २०७८ गते २०:१८ मा प्रकाशित काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको नाम वैशाख १ गतेसम्म केन्द्रमा पठाइसक्ने गरी उम्मेदवार छनोटको समय तालिका सार्वजनिक गरेको छ।उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण गरेको हो। समितिले निर्धारण गरेको समय तालिका अनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुंग्याएर नामावली बुझाउन निर्देशन दिएको छ।यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ।समितिले जारी गरेको परिपत्र जिल्ला पुग्न ढिलो हुने भएपछि केन्द्रले फोनबाटै उम्मेदवारी टुंग्याउन मातहतलाई समय तालिकासहित आग्रह गर्न भनेको छ।कांग्रेसको विधानमा प्रदेश कार्यसमितिले गठन गर्ने संसदीय समितिले नगरपालिका र उपमहानगर प्रमुख–उपप्रमुखको, जिल्ला कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँपालिका अध्यक्ष–उपाध्यक्षको र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँ, नगर वडाअध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंगो गर्ने व्यवस्था छ।यस्तै, केन्द्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले विधानतः स्थानीय निर्वाचनमा महानगर प्रमुख–उपप्रमुखको मात्रै टिकट दिने अधिकार छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट