गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसले तोक्यो मापदण्डसहित उम्मेदवार छान्ने समयसिमा कांग्रेसले तोक्यो मापदण्डसहित उम्मेदवार छान्ने समयसिमा दीप संञ्चार चैत्र १७, २०७८ गते २०:१८ मा प्रकाशित काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको नाम वैशाख १ गतेसम्म केन्द्रमा पठाइसक्ने गरी उम्मेदवार छनोटको समय तालिका सार्वजनिक गरेको छ।उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण गरेको हो। समितिले निर्धारण गरेको समय तालिका अनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुंग्याएर नामावली बुझाउन निर्देशन दिएको छ।यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ।समितिले जारी गरेको परिपत्र जिल्ला पुग्न ढिलो हुने भएपछि केन्द्रले फोनबाटै उम्मेदवारी टुंग्याउन मातहतलाई समय तालिकासहित आग्रह गर्न भनेको छ।कांग्रेसको विधानमा प्रदेश कार्यसमितिले गठन गर्ने संसदीय समितिले नगरपालिका र उपमहानगर प्रमुख–उपप्रमुखको, जिल्ला कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँपालिका अध्यक्ष–उपाध्यक्षको र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँ, नगर वडाअध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंगो गर्ने व्यवस्था छ।यस्तै, केन्द्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले विधानतः स्थानीय निर्वाचनमा महानगर प्रमुख–उपप्रमुखको मात्रै टिकट दिने अधिकार छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप