गृहपृष्ठ ∕ राजनीति ∕ काँग्रेस प्रदेश सभापति- गठबन्धन गर्ने हो भने हाम्रो हालत पनि काँग्रेस आईको झैं हुनेछ काँग्रेस प्रदेश सभापति- गठबन्धन गर्ने हो भने हाम्रो हालत पनि काँग्रेस आईको झैं हुनेछ दीप संञ्चार चैत्र ११, २०७८ गते १८:२४ मा प्रकाशित नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जान नहुने बताएका छन् ।शुक्रबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कमिटीको बैठकमा प्रदेश सभापतिहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका हुन् ।गण्डक प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश सभापति अम्बर पुन, कर्णाली प्रदेश सभापति ललित बहादुर शाहीले गठबन्धन गर्न नहुनेमा जाड दिएका हुन् । गठबन्धन गरेमा स्थानीय आवश्यकता अनुसार मात्र गर्नु पर्ने उनीहरुको जोड छ । गठबन्धन किन गर्ने, गर्दा के हुन्छ, केन्द्रबाटै गठबन्धन गर्ने की स्थानीय आवश्यकता अनुसार गर्ने यी तीनवटा प्रश्नमा बैठक केन्द्रित रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कर्णाली प्रदेशका सभापति शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा काँग्रेस निल हुने बताएका छन् ।नेकपा माओवादी केन्द्रले ज-जसले जहाँ जितेको हो त्यो ठाउँमा आफूसँगै राखेर नेकपा एमालेले जितेका स्थानीय तहमा भागबण्डा गर्नुपर्ने बताउँदै आएको छ । यस्तो गर्दा कर्णालीका धेरै जिल्लामा काँग्रेस निल हुने कर्णाली प्रदेशका सभापतिको भनाइ छ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ