गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका बराल कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका बराल दीप संञ्चार चैत्र ९, २०७८ गते ९:३७ मा प्रकाशित नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका नेता हरिप्रसाद बराल नियुक्त भएका छन् ।पार्टीको प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सदस्य रहेका बराललाई ४ चैतमा संगठन विभाग प्रमुखमा नियुक्त गरेका हुन् । उनलाई पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ४, धारा १० (झ) बमोजिम पार्टी सभापति शर्माले नियुक्त गरेका हुन् ।कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका बराल काग्रेसका निवर्तमान जिल्ला सचिव हुन् । बेशीसहर नगरपालिका ३, बाहुनबेंसी घर भएका बराल ०३९ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।त्यसपछि नेविसंघ मर्स्याङ्दी बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै जल्ला सचिवमा निर्वाचित बराल नेविसंघको जिल्ला अध्यक्षमा ३ पटक निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट तरुणमा प्रवेश गरेका बराल तरुण दलको जिल्ला सचिव र महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।कांग्रेसको दसौँ महाधिवेशन अन्तर्गत ०५७ मा आयोजित जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको जिल्ला सदस्य हुँदै सहसचिव भएका उनी १३ औं महाधिवेशन अन्तर्गत २०७२ मा जिल्ला सचिवमा निर्वाचित भएका थिए । १४औं महाधिवेशनमा प्रदेश अधिवेशन अन्तर्गत बराल गण्डकी प्रदेश सदस्य बनेका छन् । नेपाली कांग्रेसको विधान अनुसार कार्य समितिका सदस्यलाई सभापतिले विभाग प्रमुख बनाउन सक्ने प्रावधान अनुरुप बराललाई सभापति शर्माले संगठन विभाग नियुक्त गरेका हुन् ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट