गृहपृष्ठ ∕ समाचार ∕ टोल-टोलमा आपतकालीन राहत कोष स्थापना टोल-टोलमा आपतकालीन राहत कोष स्थापना दीप संञ्चार चैत्र ६, २०७८ गते ९:०५ मा प्रकाशित काठमाडौँ-बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन् ।आर्थिक रूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका हुन् । शनिबार भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग गरे । हरेक कोषमा उनले रु ५० हजार आर्थिक सहयोग गरेका छन्।यसअघि उनले भरतपुर–२ को इन्द्रेणीटोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न टोलमा कोष स्थापना गरेका थिए । टोलभित्र आइपर्ने विपद्मा तत्काल सहयोग जुटाउन, गरिब तथा विपन्नलाई उपचारमा सहयोग गर्न कोषको रकम उपयोग गर्ने गरी कोष स्थापना गरिएको सभाषद सुवेदीले बताए । टोलभित्रका सदस्यलाई विपद्मा तत्काल आर्थिक सहयोग जुटाएपछि सो रकम कोषमै फिर्ता गर्नुपर्ने कार्यविधि बनाइएको छ । तर, गरिब तथा विपन्नले भने रकम फिर्ता गर्नुपर्ने छैन ।गत वर्षबाट सुरु गरिएको राहत कोषको प्रभावकारिता बढेपछि उनले यसलाई निरन्तरता दिएको बताए । उनले अन्य टोल विकास संस्थामा पनि यस्ता कोष स्थापना गर्ने र गरिब तथा विपन्न नागरिकलाई सहयोग गरिने जानकारी दिए । इन्द्रेणीटोलका अध्यक्ष मिलनकुमार लामाले टोलमा गरिने सहयोगले स्थानीयवासीलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरे । कोषमा हरेक सदस्यले स्वेच्छाले मासिक रु १०० बचत गरेर कोषको रकम वृद्धि गर्न सक्ने प्रदेश निर्वाचन क्षेत्र नागरिक समन्वय समितिका संयोजक सन्तोष पन्तले जानकारी दिए।राससक्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न