गृहपृष्ठ ∕ समाज ∕ जुवा खालबाट २९ पक्राउ, ११ लाख बरामद जुवा खालबाट २९ पक्राउ, ११ लाख बरामद दीप संञ्चार चैत्र ५, २०७८ गते २१:०६ मा प्रकाशित काठमाडौँ-काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ ।उनीहरुको साथबाट रु ११ लाखसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनलगायत ११ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । गए राति विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु छ लाख ९८ हजार ८४५ र २२ थान कौडा, पासा खेल्न प्रयोग हुने १९ थान लामो र सानो गोटी, त्यसमा प्रयोग हुने थर्पु कपडा बरामद गरेको छ ।यता काठमाडौँ महानगरपालिका–१५ कारखाना चोकस्थित मञ्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ नागार्जुन नगरपालिका–२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोकका ४९ वर्षीय दोर्जे तामाङलगायत आठ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नगद रु तीन लाख ६१ हजार तथा तीन बुक ताससहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौँ महानगरपालिका–९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राईलगायत १० जनालाई गए राति पक्राउ गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु ४० हजार ९०० र तीन बुक तास बरामद गरेको छ । तीनै वटा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।राससक्याटेगोरी : समाजट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल