गृहपृष्ठ ∕ समाचार ∕ घाँटी थिचेर श्रीमतीको हत्या गरेर पत्करले छोप्ने पक्राउ घाँटी थिचेर श्रीमतीको हत्या गरेर पत्करले छोप्ने पक्राउ दीप संञ्चार चैत्र ५, २०७८ गते १०:४३ मा प्रकाशित काठमाडौँ -३९ वर्षीया श्रीमती निशा थेबेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ ।जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । सामान्य विवादको क्रममा घाँटी थिचेर श्रीमती निशाको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा दिलिपले स्वीकारेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए ।बिहीबार बेलुकी अन्दाजी ५ बजेतिर निशा बेपत्ता भएको भन्दै प्रहरी चौकी पौवासारतापमा स्थानीयले जानकारी गराएका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय र पौवासारतापको टोली खोजतलासमा जुटेको थियो । सोही क्रममा निशाको शव घरदेखि अन्दाजी ५ सय मिटर टाढा रहेको सार्की खोल्सास्थित ओढारमा फेला परेको प्रवक्ता विश्वकर्माले बताए ।उनका अनुसार पत्करले छोपिएको अवस्थामा शव फेला परेको हो । दिलिपविरुद्ध प्रहरीले अाइतबार जिल्ला अदालत पाँचथरबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिने तयारी गरेको छ ।क्याटेगोरी : समाचारट्याग : #श्रीमतीको हत्या, #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट