गृहपृष्ठ ∕ समाचार ∕ नौ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ नौ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ दीप संञ्चार चैत्र १, २०७८ गते १८:५३ मा प्रकाशित उदयपुर- उदयपुरको बेलका नगरपालिका–५ घुम्नेकी नौ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बेलका नगरपालिका– ५ घुम्ने लालीगुँरास टोलका करिब ३५ वर्षीय गणेश खत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।नाबालिकालाई खत्रीले प्रलोभनमा पारेर नजिककैको कुखुरा फर्ममा लगेर बलात्कार गरेको आरोप छ । घटनाका बारेमा स्थानीय बालबालिकाले खत्रीकी श्रीमतीलाई जानकारी गराएपछि सार्वजनिक भएको बेलका नगरपालिका– ५ का वडाध्यक्ष गोविन्द्रकुमार खड्काले जानकारी दिए ।खत्रीले नाबालिकालाई यसअघि पनि पटक पटक बलात्कार गरेको खुलेको छ । पछिल्लो पटक घटना बारे नाबालिकाले घरमा जानकारी दिएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा जाहेरी दिएका हुन् । जाहेरीपछि खत्रीलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो ।घटना सार्वजनिक भएसँगै पक्राउ परेका खत्रीलाई अनुसन्धानका लागी जिल्ला अदालत उदयपुरबाट मंगलवार ७ दिनको म्याद थप गरिएको छ । नाबालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #Breakig, #बलात्कार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल