देउवा-पौडेल चुनावी तालमेलको पक्षमा, गगन-विश्वप्रकाश अर्कै कित्तामा
काठमाडौँ -प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले २०७४ सालको निर्वाचन परिणाम सम्झिए । पर्सा पुगेर नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै देउवाले एक्लै चुनाव लड्दाको परिणाम स्मरण गराए । उनले अहिलेको सत्ता साझेदार गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिए ।
उनले भने, ‘एक्लै चुनाव लड्दा २०७४ सालको चुनावमा के भयो रु अघिल्लो चुनावको परिणाम पनि सम्झिउँ । अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ ।’
बलियो जनाधार र संगठन भएको एमाले प्रतिपक्षमा रहेका बेला एक्लै चुनाव लड्न नहुनेमा उनको जोड थियो । अहिले माओवादी केन्द्र, एकीकृत समाजवादीकै सहयोगबाट आफू प्रधानमन्त्री बनेको भन्दै उनले भने, ‘यो गठबन्धनलाई चुनावसम्मै लैजानुपर्छ । चुनावपछि पुनः नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्छ ।’
पार्टीभित्रै गठबन्धन गर्न नहुने आवाज उठिरहेका बेला देउवाले आफ्नो पोजिसन प्रष्ट पारेका हुन् । उनी मात्र नभएर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धनलाई निर्वाचनसम्म लैजानुपर्ने पक्षमा छन् ।
नेपाल तरुण दल, तनहुँले दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै पौडेलले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजानुपर्नेमा जोड दिएका थिए । संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेको स्मरण गराउँदै उनले आगामी निर्वाचनसम्म यसलाई लैजानुपर्नेमा बताए । जुन ठाउँमा कांग्रेस कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुने उनको भनाइ थियो ।
कांग्रेस उपसभापति धनराज गुरूङले पनि आगामी निर्वाचनमा गठबन्धन गर्न हुनेमा जोड दिँदै आएका छन् । उनले त कांग्रेसलाई हात्ती र गठबन्धनका अन्य दललाई चमेरोको संज्ञा दिएका छन् । उनले भनेका थिए, ‘कांग्रेस हात्ती हो । चमेरोहरू ओत लाग्न खोज्दैछन् । चमेरोले हात्तीको कान दुर्गन्धित बनाउन खोज्दै छन् ।’
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भने गठबन्धन गर्न नहुने पक्षमा छन् । कांग्रेस एक्लै चुनाव लड्न सक्ने भन्दै उनीहरू कुनै पनि राजनीतिक दलहरूसँग चुनावी तालमेल गर्न नहुनेमा उनीहरूको अडान हो ।
चुनावी गठबन्धनका विषयमा कांग्रेसभित्र तीन ध्रुव देखिएको छ । सभापति देउवासहित केही नेताहरू गठबन्धनसहित चुनावमा नहोमिए समस्या निम्तिने अडानमा छन् । सभापति देउवा र वरिष्ठ नेता पौडेल गठबन्धनसहित चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । तर, महामन्त्रीद्वय थापा र शर्मा भने एक्लै चुनाव लड्नुपर्नेमा जोड दिइरहेका छन् ।
त्यस्तै अर्काथरीका छन्, गठबन्धनसँग नभएर कांग्रेस एक्लै चुनावमा होमिनुपर्ने । कांग्रेसमा गठबन्धनबारे तेस्रो धारका पनि देखिएको छ । उनीहरूको विचार भनेको नेपाली कांग्रेस कमजोर देखिएको क्षेत्रमा गठबन्धनसँग चुनावी तालमेल गर्ने र अन्यत्र आफैँ लड्ने ।
कांग्रेस महामन्त्री शर्माले अहिले नेताहरू फरक फरक विचार राख्दै आएको बताए । गठबन्धनसँगै जाने वा एक्लै लड्ने भन्नेबारे पार्टीले निर्णय गर्ने भन्दै अहिले नेताहरूले आ-आफ्नो विचार व्यक्त गर्दै आएको बताए । २९ फागुनदेखि कांग्रेसले ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान चलाउँदैछ । त्यसपछि मात्रै चुनावी तालमेलका बारेमा निर्णय गरिने उनको भनाइ छ ।
एक महिनासम्म चल्ने उक्त अभियानपछि गाउँघरबाट कस्तो खालको प्रतिक्रिया आउँछ, सोही आधारमा मात्र कांग्रेसले चुनावी गठबन्धनका विषयमा निर्णय गर्ने उनले बताए । आगामी ३० वैशाखका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरी कांग्रेसले यही २९ फागुनदेखि एक महिने ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान सुरु गर्दै छ । ‘अभियानबाट नेताहरू फर्किएपछि पार्टीको बैठक बसेर निर्णय गर्छौं । अहिले नेताहरूले फरक फरक विचार व्यक्त गरिराख्नुभएको छ । जुन स्वाभाविक हो,’ महामन्त्री शर्माले भने ।
नेताहरूबाट गठबन्धनबारे फरक(फरक खालको धारणा आउन थालेपछि सभापति देउवाले जथाभावी नबोल्ने निर्देशन नै दिएका थिए । तर, नेताहरू भने अझै पनि गठबन्धनका विषयमा फरक-फरक दृष्टिकोण राख्दै आएका छन् ।जनतापाटी
क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस