गृहपृष्ठ ∕ समाचार ∕ मेट्रो कलेजले सुरु गर्यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा मेट्रो कलेजले सुरु गर्यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा अंकित रावल फागुन १८, २०७८ गते १९:४४ मा प्रकाशित दाङ — तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले विद्यार्थीको सामुहिक दुर्घटना बीमा गर्न थालेको छ । प्राविधिक धारका विद्यार्थीहरुको बीमा गरेर कलेजले यस्तो कार्यक्रमको सुरुवात गरेको हो । विद्यार्थीलाई हुने कुनै पनि खालको जोखिमबाट सुरक्षित राख्नका लागि कलेजले आफै विमा गर्न थालेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।“प्राविधिक धारका विद्यार्थीहरु फिल्डमा काम गर्ने भएकाले कहिलेकाही चोटपटक लाग्ने जोखिम हुन्छ त्यही कुरालाई मध्यनजर गरेर हामीले विमा गरेका हौ ” कलेज प्रमुख आचार्यले भने । उनले विद्यार्थीलाई सुरक्षित तवरले काम गर्नका लागि कलेजले सुरक्षा व्यवस्था अपनाएको भएपनि कहिलेकाही चोटपटक लाग्न सक्ने जोखिमका लागि बीमा गरेको वताए ।तुलसीपुरमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत शिक्षालयले पहिलो चरणमा आइटी अध्ययनरत विद्यार्थीहरुको बीमा गरेको हो । कम्पनीका तुलसीपुर शाखा प्रमुख सुरेश वस्नेतले कम रकममा पनि धेरै जोखिमलाई विमाले समेटेको बताए । शाखा प्रमुख बस्नेतले विमाको कागजपत्र कलेज प्रमुख आचार्यलाई हस्तान्तरण गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #मेट्रो कलेजले सुरु गर्यो एनएलजी इन्स्योरेन्ससङ्ग विद्यार्थीको सामुहिक दुर्घटना बीमा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप