गृहपृष्ठ ∕ समाचार ∕ बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ दीप संञ्चार फागुन २, २०७८ गते २१:४२ मा प्रकाशित काठमाडौँ -बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ घर भएका सुभाष राई उर्फ सुब्बेलाई भक्तपुरबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको हो ।जिल्ला अदालत उदयपुरले सुब्बेलाई २०६८ असार ५ मा ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि १० वर्षसम्म फरार रहेका राईलाई भक्तपुरको सूर्यविनायक क्षेत्रबाट पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताए ।जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले २०६९ जेठ १ मा सदर गरेको थियो । अदालतले मुलुकी ऐन जबरजस्ती करणी महलको १० नम्बर अनुसार प्रतिवादीबाट पीडितलाई आधा अंश भराउने फैसला गरेको थियो । अभियुक्तलाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको एसपी बोहराले बताए ।क्याटेगोरी : समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै