गृहपृष्ठ ∕ समाचार ∕ बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ दीप संञ्चार फागुन २, २०७८ गते २१:४२ मा प्रकाशित काठमाडौँ -बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ घर भएका सुभाष राई उर्फ सुब्बेलाई भक्तपुरबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको हो ।जिल्ला अदालत उदयपुरले सुब्बेलाई २०६८ असार ५ मा ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि १० वर्षसम्म फरार रहेका राईलाई भक्तपुरको सूर्यविनायक क्षेत्रबाट पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताए ।जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले २०६९ जेठ १ मा सदर गरेको थियो । अदालतले मुलुकी ऐन जबरजस्ती करणी महलको १० नम्बर अनुसार प्रतिवादीबाट पीडितलाई आधा अंश भराउने फैसला गरेको थियो । अभियुक्तलाई अदालतको आदेश अनुसार कारागार चलान गरिएको एसपी बोहराले बताए ।क्याटेगोरी : समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ