गृहपृष्ठ ∕ समाचार ∕ तुलसीपुरको चप्पल गोदाममा भीषण आगलागी हुँदा पाँच जनाको मृत्युु तुलसीपुरको चप्पल गोदाममा भीषण आगलागी हुँदा पाँच जनाको मृत्युु अंकित रावल माघ २८, २०७८ गते ९:३५ मा प्रकाशित दाङ — दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा भिषण आगलागी भएको छ। राति करिब पौने दुईबजे देखि लागेको आगोलाई नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले प्रयास गरिरहेका छन।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिनुभएको छ।भिषण आगलागिमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन बकस, १४ बर्षिय हसन बकस र १२ बर्षिया साजिता खातुन रहेकोप्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।गएराती दुई बजेतिर भएको आगलागी हुदा घर भित्र फसेका उनीहरुको मृत्यु भएको उहाले जानकारी दिनुभयो । आगलागी घटनाबाट ३८ बर्षिय अमर डाँगीको सकुशल उद्धार गरिएको उहाले जानकारी दिनुभयो ।अझै आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छैन ।अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका गरिएको उहाले बताउनुभयो । आगलागीका कारण ठुलो मानविय संगै करोडौ मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #आगलागी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप