गृहपृष्ठ ∕ समाचार ∕ तुलसीपुरको चप्पल गोदाममा भीषण आगलागी हुँदा पाँच जनाको मृत्युु तुलसीपुरको चप्पल गोदाममा भीषण आगलागी हुँदा पाँच जनाको मृत्युु अंकित रावल माघ २८, २०७८ गते ९:३५ मा प्रकाशित दाङ — दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा भिषण आगलागी भएको छ। राति करिब पौने दुईबजे देखि लागेको आगोलाई नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले प्रयास गरिरहेका छन।विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिनुभएको छ।भिषण आगलागिमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन बकस, १४ बर्षिय हसन बकस र १२ बर्षिया साजिता खातुन रहेकोप्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।गएराती दुई बजेतिर भएको आगलागी हुदा घर भित्र फसेका उनीहरुको मृत्यु भएको उहाले जानकारी दिनुभयो । आगलागी घटनाबाट ३८ बर्षिय अमर डाँगीको सकुशल उद्धार गरिएको उहाले जानकारी दिनुभयो ।अझै आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छैन ।अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका गरिएको उहाले बताउनुभयो । आगलागीका कारण ठुलो मानविय संगै करोडौ मुल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #आगलागी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने