Techie IT
×
गृहपृष्ठराजनीतिसांसद बानियाँविरुद्धको बलात्कार मुद्दा दर्ता

सांसद बानियाँविरुद्धको बलात्कार मुद्दा दर्ता


मुगु -जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको छ ।

महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए । उनले भने, ‘सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ ।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #बलात्कार

तपाईको प्रतिक्रिया दिनुहोस