गृहपृष्ठ ∕ राजनीति ∕ प्रतिनिधि सभाको भोली बस्ने बैठकको कार्यसुचीमा एमसीसी पर्यो ? प्रतिनिधि सभाको भोली बस्ने बैठकको कार्यसुचीमा एमसीसी पर्यो ? दीप संञ्चार माघ २५, २०७८ गते २०:२२ मा प्रकाशित काठमाडौँ -लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । भोलि बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकका लागि सम्भावित कार्यसूचीको तयारी भइरहेको छ ।प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने सम्बन्धी सम्भावित कार्यसूची तयारीको क्रममा रहेको संघीय संसद्का प्रवक्ता डा।रोजनाथ पाण्डेले जानकारी दिए । उनले संसद् बैठक स्थगित गर्नेबारे कुनै सूचना नभएको बताए । गत पुस २१ गतेदेखि निरन्तर रूपमा सूचना टाँस गर्दै प्रतिनिधि सभाको बैठक पछि सार्दै लगिएको थियो ।अमेरिकन सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्नका लागि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ । सभामुख सापकोटाले भने सम्पूर्ण राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेपछि मात्र संसद्मा अगाडि बढाउन तयार रहेको उनको सचिवालयले जनाएको छ । एमसीसी परियोजनाबारे राजनीतिक सहमति जुटिनसकेको अहिलेको अवस्थामा तत्काल यो विषय संसद्मा प्रवेश गर्ने सम्भावना कम रहेको छ ।क्याटेगोरी : राजनीतिट्याग : #संसद बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप