गृहपृष्ठ ∕ समाचार ∕ १० वर्षमा झण्डै २७ लाखले बढ्यो नेपालको जनसंख्या १० वर्षमा झण्डै २७ लाखले बढ्यो नेपालको जनसंख्या दीप संञ्चार माघ १२, २०७८ गते १०:५९ मा प्रकाशित काठमाडौँ -नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४।३२ जना बस्न थालेका छन् ।नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् । यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #जनगणना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने